नेपाली कांग्रेस कर्णालीकाे पहिलो पटक प्रदेश सम्मेलन हुदै

१ असार, सुर्खेत ।

नेपाली कांग्रेस कर्णाली प्रदेशले पहिलोपटक प्रदेश सम्मेलन गर्न लागेको छ । पार्टीका सबै तहले प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएकाले प्रदेश संरचनाको पनि सम्मेलन हुन लागेको हो ।

प्रदेश कार्यसमितिले सुर्खेतको बीरेन्द्ररनगमा यही असार ६ गतेका लागि सम्मेलनको मिति तोकेको छ । सम्मेलनको उद्धघाटन सभापति शेरबहादुर देउवाले गर्नुहुने भएको छ भने उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सम्मेलनमा बोलाइएको छ ।

बैठकमा वडा तहदेखि जिल्लासम्म सम्मेलन गर्न बाँकी रहेको तहहरुलाई सम्मेलन सम्पन्न गर्न र प्रदेश सम्मेलन प्रतिनिधि छनोट गरी जानकारी गराउन परिपत्र गर्ने निर्णय गरिएको कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले बताउनुभयो ।

सम्मेलनको तयारी भइरहेको भन्दै प्रदेशका दशवटै जिल्लाबाट प्रतिनिधिहरू सुर्खेत आउने भएका छन।नेपाली कांग्रेसले कर्णाली प्रदेशले ७ र ८ गते प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...