पौडी खेल्ने क्रममा बालिकाको मृत्यु

सङ्खुवासभाको मादी नगरपालिका–९ फाविङ स्थित पिलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । आज बिहान साढे ९ बजे पिलुवा खोलामा पौडी खेल्ने क्रममा एक बालिकाको मृत्यु भएको र एक बालिका गम्भीर घाइते भएकी छन् । 

पौडी खेल्ने क्रममा डुबेर पाँचखपन नगरपालिका–९ घर भई चैनपुर  नगरपालिका–२ नुनढाकी बस्दै आएकी अन्दाजी १३ वर्षीया समीक्षा लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए ।  

पौडी खेल्न क्रममा खोलामा डुबेर १३ वर्षीया बालिका गम्भीर घाइते भएकी छन् । चैनपुर–२ की दिक्षा राई गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते दिक्षाको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...