राजनीति गन्ध विद्यालयबाट हटाउनुपर्छ

१७ जेठ अछाम,

शिक्षा एक विकासको महत्त्वपूर्ण औजार हो । हरेक नागरिकले औपचारिक शिक्षा प्राप्त गर्ने थलो विद्यालय नै हो । विद्यालय विद्यार्थीले पढ्ने र शिक्षकले पढाउने एक पवित्र संस्था हो । विद्यालयलाई शान्ति क्षेत्रकाे रूपमा स्थापित गराउनु आम जनसमुदायकाे दायित्व अन्तर्गत पर्छ । तर यहाँ विद्यालय राजनीति क्षेत्रको रूपमा प्रयोग भएको देखिन्छ । समाजका व्यक्तिहरूलाई शिक्षा प्रदान गर्नको लागि समाजमा नै स्थापित औपचारिक शैक्षिक संस्थालाई विद्यालय मानिन्छ ।

जसले सधैैं समाजको भलाइका साथै राष्ट्रको भविष्यको लागि योग्य जनशक्ति उत्पादन गर्ने काम गर्छ ।एउटा बालकलाई पूर्ण मानिस बनाउने कार्यमा विद्यालयकाे महत्त्वपूर्ण भुमिका हुने गरेकाे छ विद्यालय राजनीति क्षेत्र हाेईन कि विद्यालयमा गुणस्तरीय शिक्षा र शान्तिको प्रत्यानुभूति हुनुपर्दछ । विद्यालयमा द्वन्द्व हटाई शान्ति कायम गर्नु पर्दछ । विद्यालयहरूमा भौतिक असुविधा, विद्यालय भित्रको विभेद, हिंसा, आर्थिक अभाव, विद्यालय व्यवस्थापन समितिमा राजनीति, शैक्षिक वातावरणको कमी आदिले विद्यालय अशान्ति क्षेत्र बन्न पुगेका छन ।

विद्यालयलाई शान्ति क्षेत्रकाे रूपमा स्थापित गराउन सर्बप्रथम राजनीति गन्ध विद्यालयबाट हटाउनुपर्छ ।विद्यालय शान्ति क्षेत्र कि राजनीति क्षेत्र भन्ने प्रश्न कुनै बेला निकै व्यापक रूपमा उठ्ने गरेकाे थियोे तर पछिल्लो समयमा कतिपय विद्यालयमा याे वातावरण छैन । याे हुन भनेको शिक्षाको गुणस्तर खस्किनु पनि हाे । राजनीतिकाे खिचतानीले विद्यालयलाई अलमल पनि पारिदिन्छ ।

विद्यालयमा शैक्षिक वातावरण नभई राजनीतिक हस्तक्षेप र बढ्दो अनावश्यक राजनैतिक क्रियाकलापहरूले विद्यालय शान्ति क्षेत्र हुन सकेका छैनन् । यसाे हुँदा विद्यालय शान्ति क्षेत्रको नाम बनाइएका नारा नारामा मात्र सिमित हुन पुग्छन् ।प्रधानाध्यापक,शिक्षक, कर्मचारीहरूको अवस्था, नियुक्ति, पक्षपाती व्यवहारले कतिपय विद्यालय तनाव ग्रस्त र अशान्त भएको पनि पाइन्छ ।

विद्यालयले समाज र राष्ट्रको लागि आवश्यक पर्ने विभिन्न किसिमका जनशक्तिहरूको उत्पादन गर्दछ । बालवालिकाहरूलाई सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरी समाज र सचेत नागरिक बनाई विद्यालय मात्र नभई राष्ट्रमा शान्ति कायम गर्न सहयोग पुर्याउछ ।त्यसैले जग बलियो भयो भने घर बलियो हुन्छ भने झै विद्यालय शान्ति क्षेत्र सँगै देश शान्ति क्षेत्र हुन पुग्छ ।

शैक्षिक विकास गर्न,विद्यालय सुधार गर्न र शिक्षामा गुणस्तरीयता ल्याउन सबै समुदाय एकजुट हुन आवश्यक हुन्छ । विद्यालय शान्ति क्षेत्र निर्माण र राजनीति क्षेत्र मुक्त गर्न कुनै एक पक्षको प्रयास मात्र नभई सरोकारवाला सबैको संयुक्त प्रयासबाट मात्रै यो संभव हुन जान्छ । त्यसैले शिक्षा र ज्ञानको केन्द्र विद्यालय राजनीतिक गन्धबाट टाढा रहनुपर्छ यसमा तपाईं हामी सबैको भूमिका महत्वपूर्ण हुनुपर्छ ।

लेखक : रेडियो गाउँघर अछामका समाचार प्रमुख निराजन भण्डारी हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...