बिद्यालयमै रोटी पकाउन सिक्छन विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौरका विद्यार्थी

92 पटक हेरिएको

२ जेठ सुर्खेत ।
शुक्रबारको दिन बिद्यालयको चौरमा बिद्यार्थीहरुको ओहोर दोहोर । बिद्यार्थीहरु कोही हातमा बेलन र चौका लिएर हिडेका थिए त कोही कराइ बाटा र थालहरु बोकीरहेका थिए । कोही आगो फुक्न ब्यस्त थिए भने कोही दाउरा र पानी बोकीरहेका थिए । बाहिरबाट झट्ट हेर्दा भोजभतेर जस्तो देखिन्थ्यो । बिद्यार्थीहरु संगै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र रावल, वडा अध्यक्ष नगेन्द्रबहादुर शाहीले बिद्यार्थीले गरेका कामको नजिकैबाट नियालीरहनुभएको थियो ।
यो दृष्य थियो पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा रहेको बिद्याज्योती माध्यामिक बिद्यालयको । यो कुनै भोज भतेर नभइ बिद्यालयले सिकाउदै गरेको जीवनउपयोगी सिपको हो ।

विद्यालयले विद्यार्थीहरूलाई जीवनोपयोगी सीप सिकाउन सुरु गरेपछि बिद्यार्थीहरु निकै उत्साहित र खुसी देखिएका छन । विद्यालयले कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुलाई जीवनोपयोगी सिप अन्तर्गत आज रोटी बनाउने, अचार तथा तरकारी बनाउने तरिका बारेमा सिकाएको छ । सामाजिक विकास मन्त्रालयको सहयोगमा विद्यालयले प्रत्येक शुक्रबार बिद्यार्थीलाइ विभिन्न सीपहरु सिकाउदै आएको छ ।

विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिनको लागि कक्षा ६ देखि सुरुवात गरिएको र बिस्तारै कक्षा ७ मा पनि सुरुवात गरिएको विद्यालयका प्रधानाध्यापक द्रोणराज पाठकले बताउनुभएको छ । “हाम्रा कक्षा ७ का भाइबहिनीहरु शुक्रबार किताव बाकेर आउदैनन सिप सिक्न आउछन् पाठकले भन्नुभयो यो कार्यक्रम २० हप्तासम्म निरन्तर गर्छौं प्रभावकारी भए अर्को कक्षामा सुरु गर्छौं” । बिद्यार्थीलाइ पढाइ मात्रै नभइ ब्यवहारिक ज्ञान दिन सकेमा घरमा पनि सहयोग हुने पाठकको भनाइ रहेको छ । विद्यार्थीहरूले सिकेको कुरालाई घर तथा समुदायमा जीवनोपयोगी हुने हुदा विद्यालयले दिने सीपबाट विद्यार्थीलाई दक्ष बनाउने समेत उहाले बताउनुभएको छ । बिद्यार्थीहरुले जीवनउपयोगी सिपबाट खाना पकाउने, टपरी बुन्ने, कुचो बनाउने लगाएत सिप सिकेका छन । सिप सिक्नको लागि आबश्यक सामाग्रीहरु बिद्यालयले ब्यवस्थापन गर्दैआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...