सुर्खेतकाे बराहताल गाउँपालिका वडा नम्बर २ मा रहेका कृषकहरूलाई आज यन्त्रीकरण गर्न आठवटा कृषि समूहलाई हाते ट्याक्टर वितरण गरिएको छ । कृषि क्षेत्रमा यन्त्रीकरण गर्नको लागि गाउँपालिकाले आधुनिक कृषि औजार वितरण गरेको हो । गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएको कार्यक्रम अनुसार सो सामग्री वितरण गरिएको हो ।

कृषि क्षेत्रमा आयआर्जन बढाउनको लागि र कृषकहरूलाई उत्पादनमा विशेष जोड दिनको लागि मिनी टेलर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिनुभएको छ । हाते ट्याक्टर पाएपछि किसानहरूले गाउँपालिकाले गरेको सहयोग प्रशंसायोग्य रहेको र यसले कृषि क्षेत्रमा काम गर्ने कृषकहरुलाई थप मद्दत पुगेको समेत बताएका छन् ।












