महिला सशक्तिकरण बहुउद्देशीय सहकारीको साधारण सभा सम्पन्न

२७ पाैष, सुर्खेत ।

महिला सशक्तिकरण बहुउद्देशीय सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा भएको हाे ।साधारण सभामा सहकारीका सदस्यहरूको सहभागिता रहेको थियो। साधारण सभामा सहकारीको लेखा परीक्षण प्रतिवेदन आर्थिक प्रतिवेदन आगामी योजना यसभन्दा अगाडि गरिएका कामहरूको बारेमा जानकारी समेत दिइएको छ ।

सहकारीको साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि महेन्द्र थारुले महिलाहरूको सशक्तिकरण गर्न संस्थागत रुपमा सहयोग गरेको र आगामी दिनमा थप व्यवस्थित बनाउन निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ। साथै उहाँले आगामी दिनमा सहकारीलाई पञ्चपुरी नगरपालिका भित्र सबै वडामा समेटिने गरी अगाडि बढ्न सुझाव समेत दिनुभएको छ । सहकारीले उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीलाई सम्मान समेत गरेको छ। साधारण सभाले विष्णा साउदको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...