पञ्चपुरी ५ चिसापानीको कृषक पाठशाला समापन

11 पटक हेरिएको

२२ पाैष, सुर्खेत ।
नेपाल जिविकोपार्जन तथा उत्थानशीलता कार्यक्रम २ अन्तर्गत सञ्चालन भएको कृषक पाठशालाको आज समापन गरिएको छ । पञ्चपुरी नगरपालिका वडा नम्बर ५ मा कृषक पाठशाला समापन तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रम गरिएको छ । करिब सात महिनासम्म सञ्चालन भएको कृषक पाठशालामा कृषकहरूका लागि प्राविधिक ज्ञानको सहजीकरण लगायतका कामहरु गरिएको थियो । अस्ट्रेलियन एड कारितास अस्ट्रेलियाको सहयोग तथा कारितास नेपालको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नगेन्द्रबहादुर शाहीले संस्थाले कृषकहरूका लागि गरेको काम राम्रो रहेको भन्दै प्रशंसा गर्नुभएको छ । साथै उहाँले कृषकहरूको आयआर्जनका लागि प्राविधिक कुराहरू अति महत्वपूर्ण रहने बताउनुभएको छ । कार्यक्रममा उत्कृष्ट कृषकहरुलाई पुरस्कार समेत प्रदान गरिएको छ । कार्यक्रममा कृषकहरूले पाठशालामा सिकेका विषयहरूलाई गीतको माध्यमबाट प्रस्तुत समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...