टी–२० विश्वकपमा आफ्ना खेलहरू भारतबाट सार्न आईसीसीलाई अनुरोध गर्ने

काठमाण्डौ – बङ्गलादेशले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई टी–२० विश्वकपमा आफ्ना खेलहरू भारतबाट श्रीलङ्कामा सार्न अनुरोध गर्ने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बङ्गलादेश र भारतबीचको बिग्रँदो राजनीतिक सम्बन्धका कारण कोलकाता नाइट राइडर्सलाई मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएपछि बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले टी–२० विश्वकपका आफ्ना खेलहरू भारतबाट श्रीलङ्कमा सार्न आईसीसीलाई अनुरोध गर्ने भएको हो ।

बङ्गलादेशले अर्को महिना विश्वकपको पहिलो तीन खेल खेल्ने तालिका रहेको कोलकातामा खेलाडी सुरक्षाको बारेमा चिन्ता व्यक्त गर्दै आईसीसीलाई पत्र लेख्ने बोर्डका अध्यक्ष अमजाद हुसेनले बताएका छन् ।

बङ्गलादेशको टी–२० विश्वकपका खेलहरू कोलकाता र मुम्बईमा हुने तालिका छ । बङ्गलादेशले आफ्नो उद्घाटन खेलमा फेब्रुअरी ७ मा इडेन गार्डेन्समा वेस्ट इन्डिजसँग खेल्ने तालिका छ । ujyaalo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...