अब कस्तो बन्छ पञ्चपुरी ?

पञ्चपुरी नगरपालिकामा म निर्वाचित भइसकेपछि महत्वपुर्ण कामहरु अघि बढेका छन् । असहाय, टुहुरा बालबालिकाहरुलाई छात्रवृत्रिको व्यवस्थापन गर्नेदेखि सुत्केरी प्रोत्साहन जस्ता कार्यक्रम कार्यान्वयमा ल्याएका छौँ । बाहिरबाट सुन्दा सानो देखिएपनि यी कार्यक्रमहरुको महत्व बेग्लै छ । प्रोत्साहन कार्यक्रममा हामीले थप दुई हजार थपेर दिने गरेका छौँ । गौशालाको पनि हामीले तयारी गरिरहेका छौँ । गौशाला निकै आवाश्यक छ, यहाँ । अहिले जथाभावि रुपमा छाडा पशुचौपायाले हैरान बनाइरहेका छन् । हामीले गौशाला बनायौँ भने त्यसको समाधान हुन्छ । साथै स्वास्थ्यका क्षेत्रमा निकै सुधार आएको छ । म आइसकेपछि नै ५० शय्याको अस्पताल पनि बन्दै छ । स्थानीय तह भन्ने वित्तिकै जनताको नजिकको सरकार हो । स–साना कामहरु पनि हामीले गर्नुपर्छ । सकेसम्म सेवालाई हामीले सहज रुपमा दिने कोशिस गरेका छौँ ।बाबियाचौरमा रहेको इलाका प्रहरी कार्यालयमा पनि अब मुद्धा चलाउने अख्तियारीको काम पनि प्राप्त भएको छ । यसअघिसम्म इलाकाबाट मुद्धा चलाउने अख्तियारी थिएन ।

 

सबैको पहलमा उक्त कामका लागि अब पश्चिमका जनताले वीरेन्द्रनगर नै पुग्न पर्दैन । साथै इलाका प्रशासनबाट नै हामीले परिचयपत्र वितरण गर्ने व्यवस्थापन गरेका छौँ । साथै मालपोत र नापी कार्यालय पनि पश्चिममा ल्याउनको लागि पहल भइरहेको छ । यदी यी संरचनाहरु बाबियाचौरमा आएभने पञ्चपुरी मात्र हैन पश्चिमका जनतालाई निकै राहत हुने मेरो अपेक्षा छ । भेरी कर्णालीको संगम स्थलमा तिन ठाउँ, कैलालीको मोहन्याल, सुर्खेतकै चौकुनेको घाटगाउँ र पञ्चपुरी जोड्ने ठुलो पुलको काम पनि भइरहेको छ ।

‘नाम मात्रका सिंहदरबार’

गाउँ–गाउँमा नामको सिंहदरबार भनिएको छ । तर, त्यो अनुसारको अनुभूति भने जनताले गर्न पाइरहेका छैनन । संरचना मात्रै भएर नहुने रहेछ, त्यसका लागि आवाश्यक ऐन, नियम र कानुनहरु पनि आवाश्यक पर्छन । जनताको नजिकको सरकार हो तर, हामीले ती नियम, कानुन, ऐनको प्रयोग गर्न पाइरहेका छैनौँ । स्थानीय तहलाई जति अधिकार दिनपर्ने हो, त्यो अनुसारको दिइएको छैन । प्रयाप्त नियम, कानुनको अभावमा स्थानीय तहहरु निकै समस्यामा परेको अनुभूति मैले गरेको छु । वास्तवमा स्थानीय तह ‘नामका मात्र सिंहदरबार’ हुन भन्ने मेरो ठम्याई छ । यदी स्थानीय तहलाई बलियो बनाउने हो, जनउत्तरदायि बनाउने हो भने त्यो अनुसारको अधिकार पनि दिनुपर्छ ।

अहिलेसम्म निजामति ऐन बनेको छैन । त्यसले स्थानीय तहमा समेत इफेक्ट पारिरहेको छ । अर्को स्थानीय तह आफैले पनि कर्मचारीको व्यवस्थापन गर्न पाउनुपर्छ । प्रयाप्त जनशक्ति नहुँदा स्थानीय तहले सोचे अनुरुप काम गर्न सकिरहेका छैनन । दरबन्दी छ तर, रिक्त छ अनि सरुवा रोकिएको छ । निजामति ऐन आएको खण्डमा पदपुर्ती गर्न सजिलो होला भन्ने हो । अर्को अहिलेको जुन सार्वजनिक खरिद ऐन छ यो निकै पुरानो भयो । ०२८ सालको यो ऐन संशोधन गरेर कार्यान्वयन गरिनुपर्छ । यदी त्यसो नगरे विकासे कामहरुमा निकै ढिलासुस्ती हुने हुन्छ । ठेकेदारहरुले काम लिन्छन्, म्याद थपेको थप्यै गर्नुपर्ने, एकातिर गुणस्तर नहुने अर्कातिर कामै नहुने । आलोचित हुनुपर्ने फेरी स्थानीय तहले । यसलाई संशोधन गर्न आवाश्यक देखिन्छ ।

अब कस्तो बन्छ पञ्चपुरी ?

पञ्चपुरी ०७३ मा नै बनेको नगरपालिका हो । तर, नाम मात्रकै नगरपालिका छ भन्दा फरक नपर्ला । किनकी नगरपालिका भनेपछि कम्तिमा त्यसको सुची हुनुप¥यो, ढलनिकाश, सबै प्लानिङ लगायतका कुराहरु हुनुपर्ने । तर, भइरहेका छैनन । अहिले प्लानिङको तयारीमा पनि लागिरेहको छु ।

अहिले ९ वटा वडामा विद्युतिकरण भइसकेको छ । त्यसमा केही काम हुन बाँकी छ । मेरो कार्यकालभित्र सबै वडामा विद्युतिकरण गरिसक्ने लक्ष्य छ । स्वास्थ्यको विस्तार, प्रहरी तालिम केन्द्र पञ्चपुरीमै ल्याउन पहल भइरहेको छ । यही बर्षदेखि पञ्चपुरीलाई डिजिटल नगरपालिका पनि बनाउँदै छु । शैक्षिक क्षेत्रको गुणस्तर वृद्धि, कृषि र पर्यटन क्षेत्रमा कामहरु भइरहेका छन् । हामीले व्यवसायिक रुपमा कृषि गर्ने कृषकलाई बाली बीमाको कार्यक्रम ल्याएका छौँ भने पशु बीमाको कार्यक्रम पनि सञ्चालनमा छ । अब उत्पादनमा अनुदान कार्यक्रम ल्याउने सोचमा छ । nepali raibar 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...