फुल्नुपर्छ वन भरि लालीगुराँस सरी
उड्नु पर्छ पङ्ख फिजाई वनको चरी सरी,
झल्नुपर्छ फाँटभरी धानका वाला सरी,,
रम्नुपर्छ वसन्तमा मयूर नाचे सरी,,
फल खानु मेहनतको अल्छ्याँई नलिनु
सधैभरी प्रगतिको पथमा लम्किनु,
पिर नपार्नु कसैलाई नि हाँसि जवाफ दिनु
गरिब दुःखी असहायको सहयोगी बन्नु,,
आज उल्छी भयो भने भोलि दुःख पाउछौ
बेरोजगारी बन्छौ अनि विदेश तिर धाउछौ,
रहर तिमीलाई लागे होला उड्लाई जहाजमा
के भर छ यो जीवनको आउने हो बाकसमा,,
खुबै पढ जाँगर गरी राम्रो सिक सिप
आफ्नै देशलाई सिगार्नलाई लाग लगाइ सिप,
मातृभूमि जन्म भूमि आमा भन्दा प्यारो
छोड्नु हुन्न कहिल्यै पनि जमिनलाई थारो,,
नेपाली हौं नेपाली झैं बन्नुपर्छ हेर
पढ्नुपर्छ समयलाई नफालेर खेर,
कर्म राम्रो गयो भने मिठो हुन्छ फल
अब्बल तिमी नभएमा जीवन खलबल,,
उम्लिदो छ रगत तिम्रो चढ्दो छ उमेर
फेरी फेरी पढ्ने मौका आउदैन घुमेर,
मनमा जगाइराख तिम्रो जाँगरको दियो
पौरख गरी देशको लागि बन्नुपर्छ मियो ,,
सम्झ तिम्रो आमालाई याद गर बाबा
तिम्रो लागि मरिमेट्ने नगरेर प्रवाह,
तिम्रो खुसी खोज्दा खोज्दै आँफु हराइसके
तिम्रो यात्रा सहज पार्ने बाटो गराइसके,,
देशले तिम्रो धेरै धेरै आशा राखेको छ
देश बेचेर खाने देखि निकै थाकेको छ
देशले तिमीलाई खोजीराछ हराभरा बन्न
सक्छौ कि त आफुलाई कर्मयोगी भन्न ?
खगीकुमारी बाँस्तोला (चन्द्रप्रभा)