बाबियाचाैरमा महिला बालबालिका जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालन,

पञ्चपुरी नगरपालिकाकाे बाबियाचाैरमा रहेकाे ईलाका प्रहरी कार्यालयले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । समुदायमा हुने विभिन्न घटना तथा समस्यामा परेका महिला तथा बालबालिकाहरुलाई छुट्टै उनिहरुका समस्या राख्ने ठाउकाे ब्यवस्था नभएको हुदा समस्या लाई मध्यनजर गर्दै सेवा केन्द्र सञ्चालन गरिएको हाे ।

तत्काल ईलाका प्रहरी कार्यालयलकाे एउटा काेठा प्रयाेग गरेर सेवा केन्द्र सञ्चालन गरिएको हाे । सेवा केन्द्र सञ्चालनका लागि अावाज संस्थाले २ थान दराज २ थान कुर्सी,१ थान टेवुल ईलाका प्रहरी कार्यालयलाई कार्यवाहक नगर प्रमुख खड्कबहादुर थापा, महिला सञ्जाल अध्यक्ष कमला पाैडेलकाे राेहवरमा सहयोग गरेकाे छ ।

सेवा केन्द्रमा समस्या सुन्नकाे लागि महिला प्रहरी रहने प्रहरी निरिक्षक टेकबहादुर देउवाले बताउनुभयाे । अावाज संस्थाले पञ्चपुरीमा महिला बालबालिकाहरका समस्याहरुलाई न्यायिक निकाय सम्म ल्याउनकाे लागि बहस तथा पैरवि, तालिम, गाेष्ठि समेत सञ्चालन गरिरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...