जुम्लामा राष्ट्रपतिबाट एमबीबीएस शुभारम्भ गरिंदै,

आजदेखि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबीबीएसको औपचारिक रुपमा शुभारम्भ हुँदैछ ।

एमबीबीएस लगायत शैक्षिक कार्यक्रमको आज राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गर्ने प्रतिष्ठानले जानकारी दिएको छ । एमबीबीएस कार्यक्रम  शुभारम्भका लागि बिहान ११ बजे हेलिकोप्टरमा राष्ट्रपति भण्डारी जुम्ला पुग्ने  कार्यक्रम छ ।

प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका राष्ट्रपतिले ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ ।

राष्ट्रपति जुम्ला आउने भएपछि कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खातुन जुम्ला पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...