कांग्रेस महाधिवेशन : भोलि बिहान ८ बजेदेखि मतदान हुने,

शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आइतबार (आज) ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ भने अन्तिम नामावली मध्यान्ह सवा १२ बजे सार्वजनिक गरिनेछ । 

सर्वसम्मत नभएका पदमा भने सोमबार (भोलि) बिहान ८ बजेदेखि निर्वाचन हुनेछ । यस्तै, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल, गगन थापा, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्माले मनोनयन दर्ता गराएका छन् ।त्यस्तै ८ सहमहामन्त्री पदका लागि २० जनाको उम्मेदवारी परेको छ ।

१२१ केन्द्रीय सदस्य पदका लागि ५०९ जनाको उम्मेदवारी परेको छ भने खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

दलिततर्फ नाै पदका लागि ३९, महिलातर्फको खुला नाै पदका लागि ३१ जना, खस आर्य १३ जनाका लागि ९३ जना, मधेसी नाै जनाका लागि ३२ जना, आदिवासी जनजाति १५ पदका लागि ८७ जना, थारु चार जनाका लागि १४ जना, पिछडिएको क्षेत्रको एक पदमा दुई जना, मुस्लिम तीन जनाका लागि १६ जना, अल्पसंख्यक एक पदका लागि ६ जना र अपांग एक पदका लागि १६ जनाको उम्मेदवारी निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...