पश्चिम सुर्खेतका घाटगाउँमा डुंगा दुर्घटना भएको छ । चौकुने गाउँपालिका–१० घाटगाउँस्थित कुमालामा आज विहान ९ बजेतिर कर्णाली नदीमा डुंगा दुर्घटनाहुँदा एक जना वेपत्ता भएका हुन् । वेपत्ता हुनेमा घाटगाउँकै १८ वर्षीय अनिता विक रहेको इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ ।
डुंगामा सवार ६ जना मध्य अन्य ५ जना भने पौडी खेलेर बाचेको छन । दशैँमा घर पोत्ने कमेरो (सेतो) माटो लिन कैलालीको केवरीतर्फ जाँदै गर्दा डुंगा दुर्घटना भएको हो । बेपत्ता किशोरीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
