पञ्चपुरी २ को पलैटेमा प्रथम युनियन गोल्ड कप २०८२ सञ्चालन हुँदै

126 पटक हेरिएको

२४ असाेज सुर्खेत ।
युनियन क्लब सालकोटको आयोजनामा प्रथम युनियन गोल्डकप २०८२ सञ्चालन हुने भएको छ । पञ्चपुरी नगरपालिकाको वडा नम्बर २ मा फुटबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । यही असोज ३१ गतेदेखि सञ्चालन हुने फुटबल प्रतियोगिताको प्रथम पुरस्कार राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ।

त्यसैगरी दोस्रो पुरस्कार ५१ हजार १ सय ११ रहेको छ । त्यसैगरी विभिन्न विधातर्फ पनि नगद पुरस्कार राखिएको छ। खुल्ला रूपमा सञ्चालन हुने फुटबल प्रतियोगिताको तयारी भइरहेको र यसमा सबैको सहभागिता रहने क्लबका अध्यक्ष गोपाल बुढा क्षेत्रीले जानकारी दिनुभएको छ । टिम दर्ताका लागि असोज ३० गते दिउँसो २ बजेसम्म समय तोकिएको छ भने ५ बजे टाइसिट प्रकाशित गरिने आयोजकले जनाएको छ ।

सालकोटमा पहिलोपटक सञ्चालन हुन लागिएको ठूलो राशिको सो प्रतियोगिता सफल पार्नको लागि सम्पूर्ण निकायलाई आयोजकले अपिल समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...