नेपाल महिला संघ पञ्चपुरीको आयोजनामा तिजबिशेष कार्यक्रम सम्पन्न,

नेपाली काङ्ग्रेसको भातृ संघ नेपाल महिला संघ पञ्चपुरी सुर्खेतको आयोजनामा आज तिज बिशेष कार्यक्रम पञ्चपुरीमा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस पञ्चपुरी ९ नं वडा कार्यसमितिको समन्वयमा तिज विशेष कार्यक्रम गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य जानकी सिंहले तिज कार्यक्रमले आपसमा भएका मनमुटाब हटाउदै काङ्ग्रेस बलियो बनाउन लाग्नुपर्ने बताउनु भएको छ । कार्यक्रममा सिंहले काङ्ग्रेसमा अब महिलाहरु शसक्त हुनपर्ने र अधिकारका लागि सबै एकजुट हुन आग्रह समेत गर्नुभएको छ ।


कार्यक्रममा नेपाली काङ्ग्रेसका नगर सभापति कृपाराम थापाले तिज विशेष नगर कार्यसमितिको नियमित कार्यक्रम भएको र आगामी दिनमा अन्य वडामा पनि निरन्तरता दिने बताउनु भएको छ ।  कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमिति सहमहामन्त्री उपेन्द्र बहादुर थापा, नेपाली कांग्रेस कर्णाली प्रदेशका सदस्य मुक्तिदेवी रेग्मी र चन्द्रा यादव जिल्ला कार्यसमिति सुर्खेतका उपसभापति टोपबहादुर रावत,नेपाली कांग्रेस क्षेत्र नं २ क्षेत्रिय सभापति ईन्द्रबहादुर रावल , पुर्व क्षेत्रिय सभापति तथा पञ्चपुरी नगरपालिका नगर प्रमूख लालबिर भण्डारी , जिल्ला कार्यसमित सदस्य भक्तीप्रसाद पौडेल, ज्ञानुकुमारी कंडेल , सुमित्रा जोशी , महाधिवेसन प्रतिनिधि हजुरा शाही, प्रदेश प्रतिनिधि भगे कामी , नगेन्द्र बहादुर शाही, नेपाली कांग्रेस बराहताल गाउँपालिका सभापति तथा अध्यक्ष भिम भण्डारी लगायतकाे सहभागीता रहेकाे थियोे । कार्यक्रम नेपाल महिला संघ पञ्चपुरीका अध्यक्ष कमला पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...