सालकोटमा सञ्चालन भएको रक्तदान कार्यक्रममा ४५ पिन्ट रगत संकलन,

लायन्स क्लब अफ सुर्खेत बुलबुले तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेत र उप–शाखा सालकोटको संयुक्त आयोजनामा आयोजना आज रक्तदान गरिएको छ ।

पञ्चपुरी नगरपालिकाको वडा नं २ पलैटेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा ४५ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ । रक्तदान जीवनदान हो भन्ने उद्देश्य लाई पूरा गर्न रक्तदान कार्यक्रम लाई ग्रामिण क्षेत्रमा पनि व्यापक अभियानको रुपमा संचालन गरिने लायन्स क्लवका सचिब भद्रबहादुर थापाले बताउनुभएको छ ।
कार्यक्रममा प्रमुख आतिथ्यता नेपाल रेडक्रस सोसाइटी केन्द्रिय सदस्य तथा सुर्खेत शाखा सभापति रामलाल आचार्य रहनुभएको थियो । नेपाल रेडक्रस सोसाइटी उप–शाखा सालकोटका सचिव रेशम बहादुर शाहीले सञ्चालन गर्नुभएको कार्यक्रम लायन्स क्लब अफ सुर्खेत बुलबुलेका प्रेजिडेन्ट तिलकराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...