जिल्ला समन्वय समिति सुर्खेतद्वारा स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग,

जिल्ला समन्वय समिति सुर्खेतले काेराेना महामारी राेकथाम तथा नियन्त्रणका लागि सुर्खेतका सम्पूर्ण स्थानीय तहमा स्वास्थ्य सामाग्री बितरण गर्न लागेकाे छ । समन्वय समिति सुर्खेतले आज चाैकुने पञ्चपुरी र बराहतालमा स्वास्थ्य सामाग्री बितरण गरेकाे हाे ।

जिल्ला समन्वय समिति सुर्खेतका संयाेजक छबिलाल सिग्देल, सदस्य रमा बि सी र पुर्णा चालिसे सहितको टाेलीले मास्क सेनिटाईजर स्थानीय तहका प्रमुखलाई हस्तान्तरण गरेकाे हाे । समितिले जिल्लाका सबै स्थानीय तहमा गाउपालिकालाई ४० हजार नगरपालिकालाई ५० हजार बराबरको सामाग्री सहयोग गरेकाे हाे ।

नगरपालिका अन्तरगत वीरेन्द्रनगर नगरपालिकालाई जनघनत्वकाे अाधारमा ७५ हजार बराबरको सामाग्री बितरण गरिएकाे संयाेजक सिग्देलले बताउनुभयो । सुर्खेतकाे पश्चिमी क्षेत्रमा अाज बितरण गरिएको र यसपछि सुर्खेत पुर्वका स्थानीय तहमा सामाग्री बितरण गरिने समितिले जनाएको छ ।

समितिले काेराेना महामारीको जाेखिम कम नभएको हुदा स्वास्थ्य मापदण्डकाे पालना गर्न सबैलाई आग्रह समेत गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...