पञ्चपुरीका संस्थागत विद्यालयका शिक्षिकाहरू शैक्षिक सामग्री निर्माण गर्दै,

68 पटक हेरिएको

२३ जेठ सुर्खेत ।
पञ्चपुरी नगरपालिकामा रहेका संस्थागत विद्यालयहरूको आयोजनामा मन्टेश्वरी सम्बन्धी दुई दिने तालिम पञ्चपुरीमा सुरु भएको छ । सामुदायिक संस्थागत विद्यालयमा रहेका कक्षा शिक्षण गरिरहेका शिक्षिकाहरूका लागि विभिन्न शैक्षिक सामान निर्माण सम्बन्धी तालिम दिएको हो । पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा भएको तालिममा नगरपालिकामा रहेका संस्थागत विद्यालयका शिक्षिकाहरू सहभागी रहेका छन् ।

तालिममा शिक्षण गर्ने तरिका शैक्षिक सामग्री निर्माण लगायतका विषयमा प्रयोगात्मक अभ्यास गरिएको छ हामीले सबैको सहयोगमा तालिमको आयोजना गरेका हौँ यसले विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्नेछ गोल्डेन फ्युचर एकेडेमीका प्रिन्सिपल तारा प्रकाश कँडेलले भने तालिमले विद्यालयमा बालबालिकालाई पढाउन थप सहज पुग्नेछ।

त्यसैगरी प्रतिष्ठा विद्या निकेतनका प्रिन्सिपल टिकाराम पौडेलले स्थानीय तहले शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि संस्थागत विद्यालयहरूलाई पनि सँगसँगै जोड्न सकेमा समग्र पञ्चपुरीको शैक्षिक अवस्थामा सुधार हुने बताएका छन् । तालिममा एन प्याप्सन सुर्खेतका तर्फबाट प्रशिक्षक गायत्री राना, गीता राना र जीवन बिसीले सहजिकरण गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...