नेपाली काङ्ग्रेसका पञ्चपुरी सुर्खेतका नगर प्रमुख पदका उम्मेदवार लालबिर भण्डारीले तातापानीका नागरिकलाई अाफु निर्वाचित भएपछि स्वच्छ खानेपानीकाे ब्यवस्थापन गर्ने बताउनुभएको छ । पञ्चपुरी नगरपालिका वडा नं १० काे अायाेजनामा भएको चुनावी सभामा भण्डारीले साे कुरा बताउनुभएको हो ।
बर्षातमा धमिलाे पानी पिउने गरेका तातापानी नागरिकको पहिलाे आबश्यकता स्वच्छ पिउने पानी भएको हुदा निर्वाचित हुदा पहिलाे प्राथमिकता खानेपानी ब्यवस्थापन गर्ने रहेकाे बताउनुभयो । २०४९ सालमा तत्कालीन तातापानी गाबिस अध्यक्ष हुनुभएका भण्डारीले बैशाख ३० गते निर्वाचनमा भाेट दिएर आफुलाई ५ बर्षकाे लागि जनताको ऋणि बनाउन आग्रह गर्नुभएको छ । आफु निर्वाचित भए पछि ५ बर्ष सम्म जनताको ऋण तिर्ने समेत बताउनुभएको छ ।

त्यसैगरी कार्यक्रममा उप प्रमुखका उम्मेदवार मुक्ति रेग्मीले तातापानीका जनताको उत्साहले फेरि निर्वाचित भएको महसुस गरेको बताउनुभयाे । स्व. नेता तप्त बिष्टकै कारण आफु याे ठाउमा पुगेकाे बताउदै रेग्मीले यस अघि नगरपालिकाले गर्न बाकि रहेका काम सम्पन्न गर्न पुन आफुलाई भाेट दिन आग्रह गर्नुभएको छ । स्व. नेता बिष्टकाे सपना पूरा गर्नकाे सदैब जनता प्रति उत्तरदायी हुने प्रतिबद्धता समेत जनाउनुभएकाे छ ।
कार्यक्रममा वडा अध्यक्ष पदका उम्मेदवार हरि ढकालले जनताको सेवा अाफु निरन्तर लागि परेकाे र अधुरा काम पूरा गर्नकाे लागि पुन बिजयी गराउन अाग्रह गर्नुभएको छ । जनताको उत्साहले अाफ्नाे टिमको जित सुनिश्चित भएको र यसकाे अाधिकारिकताका लागि बैशाख ३० गते सम्म पर्खनुपर्ने समेत बताउनुभएको छ । कार्यक्रममा दर्जन बढि कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन ।