सिस्नेकाँडाका अग्निपीडितलाइ नेपाली कांग्रेस पञ्चपुरीद्धारा राहत रकम प्रदान,

आगलागीबाट घर नष्ट भएका पञ्चपुरी २ सिस्नेकाँडा सुर्खेतका अग्निपीडितलाई नगद सहयोग प्रदान गरिएको छ । नेपाली कांग्रेस पञ्चपुरीले आज अग्नी पिडित परिवार लाइ नगद ५ हजार सहयोग प्रदान गरिएको हो । पञ्चपुरी २ सिस्नेकाँडाका धनबिर रोकायको वनबाट आएको आगोले घर र गोठ जलेर पुर्णरुपमा क्षती पुगेको छ ।
नेपाली कांग्रेस पञ्चपुरीका सभापति कृपाराम थापा लगाएतको टोलीले आज नेपाली कांग्रेस वडा नं २ को कार्यालयमा पुगेर रकम हस्तान्तरण गरेको हो । सहयोग रकम हस्तान्तरण गर्दै सभापति कृपाराम थापाले समस्यामा परेको बेला नेपाली कांग्रेस पञ्चपुरीले सहयोग गर्दै आएको र यसमा सबैले आबश्यक सहयोग गर्न आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...