चैत्र २२, २०८१

काठमाडौँ —जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ५.५ म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्पविद् डा शिव सुवेदीका अनुसार राति ८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेटमा ५.५ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु जाजरकोटको पैंक आसपास रहेको छ । भूकम्पबाट पुगेको क्षतिबारे कुनै जानकारी आइसकेको छैन ।
यसैबीच जाजरकोट भूकम्पका कारण डोल्पा, रुकुमलगायत जिल्लामा पनि धक्का महसुस गरिएको छ । राति ८ बजेर १० मिनेट र ११ मिनेट जाँदा लगातार दुई पटक डोल्पामा भूकम्प गएपछि नागरिक त्रसित भएका छन् ।