सुर्खेतकाे पञ्चपुरी नगरपालिका ११ तातापानीमा आमाबुवा गुमाएका परिवारलाई राहत सहयोग गरिएको छ । दिर्घ लुवार बुबा र तुल्ली कामी आमाको मृत्युपछि बिचल्लीमा परेका ११ बर्षका मनिषा बिक ९ बर्षका शंकर बिक ४ बर्षका करण बि क र कबिता बिकलाई राहत सहयोग गरिएको छ ।
पञ्चपुरी नगरपालिका वडा नं ११ मा रहेकाे जनसिर्जना माद्यामिक बिद्यालयका शिक्षकहरुले खाजा खर्चबाट ९ हजार र सोही बिद्यालयका बिद्यार्थीहरु तथा आवाज मार्फत गठन गरिकाे बालसंञ्जाल बाट रु २ हजार २ सय ६१ गरि जम्मा ११ हजार २ सय ६१ रुपैया नगद सोही बिद्यालयका बिद्यार्थीबाट ७५ केजी चामल सहयोग गरिएको छ ।
त्यसैगरी नेपाल राष्ट्रिय आधारभुत बिद्यालय ताउलेबाट २५ केजी चामल ५ केजी दाल, पञ्चपुरी ११ का अावाजकाे गठन गरेको महिला समुह सञ्जाल बाट २५ केजी चामल ५ केजी दाल २ हजार ५ सय बराबरको नुन, तेल, दाल, फलफूल सहयोग गरिएकाे आवाज संस्थाका सामाजिक परिचालक कोकिला कठायतले जानकारी दिनुभएको छ ।