पञ्चपुरी नगरपालिकाको १४ औ नगरसभा विभिन्न निर्णय गर्दै बाबियाचौरमा सम्पन्न,

236 पटक हेरिएको

पञ्चपुरी नगरपालिका सुर्खेतको १४ औ नगरसभा बैठक आज बाबियाचौरमा सम्पन्न भएको छ । नगरसभावाट संसोधन गर्नुपर्ने विभिन्न योजनाहरु संसोधन समेत गरिएको छ । नगरसभामा नगरपालिकाले गरेको काम प्रगति समीक्षा आगामी दिनमा गर्नुपर्ने कामको बारेमा छलफल समेत गरिएको छ । नगरसभा सदस्य हरुले समय लिदै नगरपालिकाले गरेका काम हरु समुदाय स्तरमा पु¥याउनुपर्ने र आवश्यकताको आधारमा बजेट बिनियोजन गरि काम गर्न सकेमा थप प्रभाकारी हुने समेत बताउनुभएको छ ।
नगरसभाले रगत अभावकै कारण ज्यान जोखिममा परेका ब्यक्तिरुका लागि रगत अभाव हुन नदिनको लागि बजेट ब्यवस्थापन समेत गरेको छ । पञ्चपुरी नगरपालिकाभित्र का नागरिकले बिरामी अवस्थामा रगत अभाव भएमा नगरपालिकाले रगत किन्न को लागि बजेट उपलब्ध गराउने भएको हो । त्यसका लागि नगरपालिकाले १ लाख ५० हजार बजेट बिनियोजन गरेको छ । नगरसभावाट स्वस्छ र स्वस्थ वातावरण कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०८०, खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धमा ब्यवस्थापन गर्न बनेको बिधेयक २०८० लाई पारित गरेको छ ।

त्यसैगरी २०८० श्रावण देखी हालसम्म भएका नगरकार्यपालिकाका बैठकहरुले गरेका निर्णयहरुको अनुमोदन गर्ने, पञ्चपुरी नगरपालिका वडा नं. ११ मा रहेका जनसिर्जना मा.वि र श्री बिद्याज्योती आधारभूत बिद्यालय कुइनेलाइ समायोजन गरी श्री जन सिर्जना मा.वि. नाममा दुङ्गिबजार तातापानीमा सञ्चालन गर्ने र हाल सञ्चालित जनसिर्जना मा.बि. भएको स्थानमा जनसिर्जना मा.वि. को प्रथामिक तह शाखा सञ्चालन गर्ने समेत निर्णय भएको छ । त्यसैगरी नगरपालिकाबाट नदिजन्य पदार्थ ब्यवस्थापन गर्न राजश्व परामर्श समितिबाट सिफारिस भै कार्यान्वयन गरिएका शुल्क, कर तथा दस्तुरहरुलाई स्वीकृति प्रदान गर्ने र नगरपालिकामा ब्यवसाय दर्ता नगरी गुन्टा ब्यापार गर्ने ब्यवसायीहरुको हकमा सिफारिस भएबमोजिम रु ५ सय ब्यवसाय कर स्वीकृत गर्ने निर्णय समेत अनुमोदन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...