पञ्चपुरी नगरपालिकाको पलैटेमा सञ्चालन भएको वडा स्तरीय मेयरकप फुटबलको आज समापन गरिएको छ । ११ वडा का टिमहरुको सहभागिता रहेको खेलमा फाईनल वडा नं ६ र ८ बिच प्रतिस्पर्धा भएको हो । फाईनल खेलमा वडा नं ६ ले वडा नं ८ लाई ० मा बिरुद्ध १ गोल गर्दै तेस्रो मेयर कपको उपाधि जितेको छ ।
खेलमा उत्कृष्ट गोल कर्ता शन्तोष पुर्काेटी, उत्कृष्ट गोलरक्षक पारस बडुवाल र उत्कृष्ट खेलाडि अञ्जन थापा मगर भएका छन । त्यसैगरी खेलको म्यान अफ म्याच वडा नं ६ का गौरव कार्की घोषित भएका छन । समापन कार्यक्रममा राष्ट्रिय खेलाडी धनसिंह बिकलाई सम्मान समेत गरिएको छ ।
समापन कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले मर्यादित र अनुशासित ढङगबाट खेल सम्पन्न भएकोमा खुसि ब्यक्त गर्नुभएको छ । भण्डारीले खेलमा घाईते भएका वडा नं १ का खेलाडी बिरबहादुर सिजापतिको स्वास्थ्य लाभको कामना गर्दै नगरपालिका बाट उपचारमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद ५० हजार प्रमाणपत्र र मेडल तथा दोस्रो हुने टिमलाइ नगद २५ हजार प्रमाणपत्र र मेडल पुरस्कार प्रदान गरिएको छ ।