बराहताल ८ को सार्वजनिक सुनुवाइ सम्पन्न,

बराहताल गाउँपालिका वडा नम्बर ८ ले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । यस आर्थिक वर्षको पुँजीगततर्फ ६९ लाख २७ हजार तीन सय रुपैयाँमध्येको करिब २८ लाख रुपैयाँ खर्च भएको प्रतिवेदन सार्वजनिक गरिएको थियो । वडाले शिक्षा, पूर्वाधार, स्वास्थ्य, रोजगारीका ४० वटा योजना सञ्चालन गरेको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाले गरेका काम कारबाही र सेवासुविधाका विषयमा वडाध्यक्ष मणिराम कार्कीले जानकारी गराएका थिए । कोभिड-१९ को महामारीका बेला असंगठित क्षेत्रमा काम गर्ने एक सय ८६ जनालाई आपतकालीन खाद्यान्न वितरण गरेको यसमा तीन लाख २५ हजार रुपैयाँ खर्च भएको छ ।

यस आर्थिक वर्षको हालसम्म पञ्जीकरणतर्फ १० हजार दुई सय ५०, सिफारिसतर्फ ४४ हजार ६ सय ५० र मालपोत तथा भूमिकरतर्फ ५४ हजार सात सय ९६ रुपैयाँ आम्दानी गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष कार्कीले जनताको साथ र सहयोगले वडालाई पूर्वाधारसँगै रोजगारीमा जोड्न मद्दत पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...