बाबियाचाैरमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न,

इलाका प्रहरी कार्यालय बाबियाचाैरकाे अायाेजनामा नागरिक सुनुवाइ कार्यक्रम अाज बाबियाचाैरमा सम्पन्न भएको छ । प्रहरी कार्यालय, स्थानीय निकायले दिने सेवाका बारेमा जानकारी, सुझाव तथा छलफल गरिएको छ । नागरिक सुनुवाइ कार्यक्रमका सहभागी हरुले प्रहरीले गस्ति बढाउनुपर्ने, ईलाका प्रशासन कार्यालय बाट नागरिकता बितरणकाे काम थप प्रभावकारी बनाउनुपर्ने, मालपोत कार्यालय बाबियाचाैरमा स्थापना हुनुपर्ने, पाेष्टमाटम घरलाई संचालनमा ल्याउनुपर्ने, प्रहरी तालिम केन्द्र काे स्थापना गर्नुपर्ने, सवारी दुर्घटनामा कमि ल्याउन ट्राफिक चेकजाँच लाई कडाइ गर्नुपर्ने लगाएतका बिषयमा अाफ्ना प्रश्नहरु राखेका थिए ।

कार्यक्रममा स्थानीय बिकास अधिकारी हिरालाल रेग्मीले ईलाका प्रशासन कार्यालयलाई ब्यवस्थापन गर्न अाफुले अाबश्यक सहयाेग गर्ने बताउनुभयाे । त्यसैगरी प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती मगरले सुर्खेतमा प्रहरी काे दरबन्दी कम र अस्थायी प्रहरी पाेष्ट धेरै भएको हुदा अहिले कै जनशक्तिले शान्ति सुरक्षाकाे काम लाई निरन्तरता दिएकाे बताउनुभयो । साथै घर्तीले समुदायले प्रहरीकाे हरेक काममा सहयोगी काे भुमिका निर्वाह गरेमा समाजमा अपराधका घटनामा कमि अाउने बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय बाबियाचाैरका प्रहरी निरीक्षक बखत बहादुर शाहीले प्रहरी कार्यालयले गरेका कामकाे जानकारी दिदै भाैगाेलिक बिकटतामा पनि कम जनशक्तिबाट सेवा दिएकाे बताउनुभयो । रातिकाे समयमा हुने गस्ती र सवारी चेकजाँच लाई कडा पारिने समेत जानकारी दिनुभयाे । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, ब्यापारी लगाएतकाे उपस्थिति रहेकाे थियोे । प्रहरी सहायक निरिक्षक राजेश केसीले सञ्चालन गर्नुभएको कार्यक्रम पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाकाे अध्यक्षता सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...