लगनशिल, मेहनत आफ्नो काम प्रति इमान्दार र जिम्मेवार भएपछि जीवनमा सफलता पाउन धेरै टाढा जानुपर्दैन । हरेक मानिसहरु आफ्नो प्रगतिका लागि धेरै संघर्ष गरिरहेका हुन्छन । संघर्षले मानिस क्षमतावान, लगनशिल र मेहनती बन्छ । यस्तै मेहनत संघर्षबाट अगाडि बढेकी छन नम्रता परियार । पश्चिम सुर्खेतको पञ्चपुरी ६ मा आज भन्दा २५ बर्ष अगाडि जन्मेकी नम्रताको जीवनशैली फेरिएको छ ।

४ दिदि र २ भाइ मध्यकी नम्रता साइली छोरी हुन । मध्यम बर्गको पारिवारीक अबस्थामा हुर्किएकी नम्रताको प्राथमिक तहको पढाइ स्थानिय समुह प्राथमिक बिद्यालय बाट पुरा गरिन । पढ्ने सपना बोकेर गाउकै माद्यामिक बिद्यालय बिद्याज्योती माद्यामिक बिद्यालयमा कक्षा ६ मा उनि भर्ना भइन । पढ्ने रहर हुदाहुदै पनि नम्रताले आफ्नो पढाइ लाइ अगाडि बढाउन सकिनन् । कक्षा ८ मा पढ्दापढ्दै उनले बिचमै कक्षा छोड्नुपर्ने अवस्था आयो । कारण थियो घरकै आर्थिक अवस्था अनि परिवार संख्या धेरै हुनु ।

उनि संगका शाथिहरु नियमित बिद्याालय जान थाले तर नम्रता भने घरकै काम मा ब्यस्त हुने आफुभन्दा साना भाइबहिनीको हेरचाह गर्न थालिन । उनका बुवा गाउमै सिलाइकटाइ गर्थे उनि कहिलेकाहि बुवा संगै बसेर बुवाको कामलाइ नजिक बाट नियालेर हेर्थिन । गाउका मान्छे आएर बुवाले सिलाएको कपडा लगाउथे अनि ज्याला बापतको पैसा दिन्थे यो कुरा नम्रतालाइ थाहा हुन्थ्यो । उनदलाइ पनि मनमनै लाग्थ्यो मैले पनि बुवाको जस्तै कसरी पैसा कमाउने अनि कपडा सिलाउन कसरी सिक्ने रु उनको मनमा यो कुरा दिनहु खेलिरहन्थ्यो ।

सानैमा पढाइ छोड्नुपर्ने बाध्यताको कारण उनि घरभन्दा बाहिरको बातावरणमा उनि घुलमिल हुन र अरु संग परिचित हुन निकै कठिनाइ भयो । एकदिन उनि दिदि संगै गाउकै एक बिद्यालय प्राङ्गणमा युवा समुहको भेलामा सहभागी हुने अबसर पाइन । त्यहा युवा समुह गठन हुदै थियो उनि त्यस युवा समुहको सदस्यमा रहेर काम गर्ने अबसर पाइन । सायद त्यो उनको लागि खुसी अनि अचम्म र साहस बटुल्ने दिन थियो । नम्रताले त्यस दिनबाट आफुलाइ घरबाट बाहिर ल्याउने प्रयास गरिन । यो कुरामा उनका घरपरिवारले निकै सहयोग र हौसला दिए । बुवाले सधै आत्मबल बढाउने र आमाले सधै नैतिकताको पाठ सिकाउने गरेकै कारण उनि हरेक ठाउमा जाँदा आफ्नो इज्जतको सधै ख्याल गर्थिन अनि आमा बुवाले दिएको उपदेश लाइ सम्झन्थीन । कहिलेकाहि समुहको काममा जाने उनि घरमा आएपछि सधै घरपरिवारको काममा सघाउथिन ।

नम्रताले युवा समुहमा बसेर धेरै तालिम समेत लिएकी छन । नेतृत्व बिकास, प्रस्तावना लेखन, उद्यमशिलता, जीवनउपयोगी सिप, सिलाइ कटाइ जस्ता तालिम लिएकी छन । उनले सामाजिक रुपमा बालबिवाह, जातिय बिभेद, छाउपडि, मतदाता शिक्षा, योजना छनौट, सरसफाइ, युवा दिवश लगाएतका अभियानमा सहभागिता समेत जनाएकी छन । समुहमा बसेर उनले राम्रो अभिनय गर्ने, नाटक खेल्ने, नृत्य गर्ने गर्छिन । उनि नाटक प्रदर्शन गर्न सुर्खेतका धेरै गाउपालिका तथा नगरपालिकामा पुगेकी छन । रेडियो नाटकमा पनि नम्रताले भाग लिदै आफ्नो आवाज दिएकी छन ।

रुचि नै सिलाइ कटाइ सिक्ने अनि पैसा कमाउने उनको सानै देखिको सपना एकता फाउण्डेसनले पुरा गरिदिएको छ । सामान्य रुपमा सिलाइ कटाइ सिकेकी नम्रताले गाउमै सिलाइकटाइ तालिमबाट राम्रो सिप सिकेकी छन । कारितास अस्ट्रलिया, कारितास नेपालको सहयोग र एकता फाउण्डेसनको आयोजनामा सञ्चालन भएको सिलाइकटाइ तालिममा उनले गाउमै २ महिना सम्म प्रशिक्षक भएर तालिम दिएकी छन । कोरोनाको महामारिको समयमा उनले एकता फाउण्डेसनबाट दिएको कपडा बाट मास्क, झोला सिलाएर समेत दिएकी छन ।

केहि बर्ष अगाडी आफ्नो साहारा बुवा गुमाएकी उनले धर्यता साहस बटुल्दै हिम्मत नहारेर काम गर्दै आएकी छन । अहिले उनलाइ कपडा सिलाउन भ्याइ नभ्याइ छ । बिद्याज्योती माद्यामिक बिद्यालयको ब्यापारिक भवनमा उनले मासिक २ हजारमा सटर भाडामा लिएर पसल गर्दै आएकी छन । कुनै बेला युवा समुहको सदस्य बनेर काम गरेकी नम्रता अहिले सप्तरंगी शान्ति युवा समुह को अध्यक्ष भएर काम गरिरहेकी छन ।

अहिले पनि उनले २ जना लाइ नियमित सिलाइकटाइ तालिम दिदै आएकी छन भने मासिक ३० हजार भन्दा बढि आम्दानी गर्दै आएकी छन । आफ्नो कमाइ बाट परिवारको घररिवारको खर्च टारेर सहकारीमा बचत समेत गरेकी छन ।

नम्रताले अहिले सबैलाइ हरेक कुरामा लगशिल मेहनती भयो भने सफलता खोज्न टाढा जानुपर्दैन भन्ने सल्लाह दिन्छीन । आफु यो अवस्थामा आउनुको मुख्य प्ररेणाको स्रोत नै घरपरिवार, युवा सञ्जाल, युवा समुह, एकता फाउण्डेसन, कारितास नेपाल भएको बताउछिन ।

