नेपाल निजामती कर्मचारी संगठन पञ्चपुरी नगर कार्यसमितिकाे भेला अाज बाबियाचाैरमा सम्पन्न भएको छ । भेलाले ११ सदस्यीय नगर कार्यसमिति समेत गठन गरेकाे छ ।
जसकाे अध्यक्षमा लालबहादुर सुवेदी, उपाध्यक्ष प्रजापती न्याैपाने, सचिब अशाेक भण्डारी र काेषाध्यक्ष अमृता पाेखरेल रहनुभएकाे छ । त्यसैगरि सदस्यमा लक्ष्मी अधिकारी, अदल सिंह राेकाय, गंगा राेकाय, सुमित्रा अाचार्य, गगने नेपाली, अंाशिक पण्डित र टाेप ब बुढालाई चयन गरिएको छ ।
वडा नं १ का अध्यक्ष धनबहादुर थापा प्रमुख अतिथि, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राेमाकान्त पाण्डेयकाे बिशेष अतिथि रहेकाे कार्यक्रम गणेश प्रसाद अधिकारीकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।