नेपाली काङ्ग्रेस पञ्चपुरी ८ काे कार्यालय भवन बनाउन जग्गादान,

30 पटक हेरिएको

नेपाली कांग्रेस पञ्चपुरी नगरपालिका वडा नं ८ काे बैठक आज दुलालथाईमा सम्पन्न भएको छ ।

सभापति सुशील घिमिरेको अध्यक्षता र जिल्ला कार्यसमिति सदस्य भक्ति प्रसाद पौडेलको प्रमुख आतिथ्यता तथा पुर्व महाधिवेशन प्रतिनिधि दिपक कुमार थापाकाे विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको हाे ।

कार्यक्रममा नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नुहुने पदम बहादुर बाेहाेरालाई पार्टीमा स्वागत गरिएको छ । बैठकमा नेपाली कांग्रेस वडा नं ८ को पार्टी कार्यालय स्थापनाकाे लागि वडाका उप-सभापति दिप बहादुर महताराले अाधा राेपनि जग्गा पार्टीको लागि दान दिनुभएको छ ।

बैठकबाट पार्टी कार्यालयकाे काम सञ्चालनका लागि नगद एक लाख पचास हजार र केही थान कार्यालय सामाग्री संकलन भएको छ । बेठकले भवन निर्माण समिति,आर्थिक संकलन समिति,अनुगमन समिति पनि गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...