आवाज संस्था सुर्खेतले पञ्चपुरी नगरपालिकामा १ बर्षको अबधिमा गरेका कामको आज समिक्षा गरिएको छ । पञ्चपुरी नगरपालिका अन्तरगतका वडा नं. ७ देखि ११ सम्मका हिंसा प्रभाबित महिला बालबालिका तथा युवाहरु हरुसंग गरेका कामको बाबियाचौरमा समिक्षा गरिएको छ ।
कार्यक्रममा आवाज संस्थाका कार्यक्रम संयोजक शुसिल कुमार कार्कीले बर्षभरी गरेका कामको बारेमा जानकारी दिनुभएको हो । कार्यक्रममा सहभागि वडा अध्यक्ष हरुले संस्थाले गरेका कामहरु राम्रो भएको र यसका लागि आगामी बर्ष थप प्रभावकारी बनाउन वडाको तर्फबाट पनि आबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा नगर उप प्रमुख मुक्ति रेग्मीले आवाज संस्था संग सहकार्य गरेर आवश्यक निति बनाइ समाजमा रहेका कुरिती अन्त्यका लागि पहल गर्ने बताउनुभएको छ । हिंसा घरबाटै सुरुवात हुने भएको हुदा यसको लागि सबैले घरघरमा सचेतनामुलक कार्यक्रम गर्न समेत जोड दिनुभएको छ ।
समिक्षा कार्यक्रममा आवाज संस्थाका निर्देशक पबित्रा शाहीले लामो समयदेखि पञ्चपुरी नगरपालिकामा काम गर्दै आएको र काम गर्दा उपलब्धी संगै चुनौती पनि थपिएको बताउनुभएको छ । शाहीले आगामी दिनमा स्थानिय निकाय संग साझेदारी रुपमा काम गर्ने र यसका लागि नगरपालिकाले पनि सहयोग गर्नुपर्ने बताउनुभएको छ ।