काेराेनाका कारण बन्द भएको कृषि हाटबजार अझै सञ्चालनमा अाएन

26 पटक हेरिएको

सुर्खेत पञ्चपुरी काे बाबियाचाैरमा शनिबार संचालन हुँदै अाएकाे कृषि हाटबजार बन्द भएको १० महिना बितिसक्दा पनि संचालन हुन सकेकाे छैन । काेराेना महामारीका कारण बन्द गरिएको कृषि तथा पशु हाटबजार गत बर्षकाे चैत देखि बन्द भएको हाे । प्रत्येक शनिबार संचालन हुने हाटबजारमा स्थानीय कृषकहरुकाे उत्पादन गरेकाे कृषि बस्तु र पशुहरु किनबेच गर्ने गरिन्थ्यो । लकडाउनका कारण बन्द रहेकाे हाटबजार स्थानीय पसल संचालन भए पनि हाटबजार लाग्ने कुनै छाटकाट देखिएकाे छैन । “हाटबजार संचालन भएपछि अाफुले उत्पादन गरेकाे तरकारी बिक्री हुन्थ्याे घरखर्च चल्थ्याे अहिले त नियमित ब्यापार हुन छाेड्याे बारिमा लगाएकाे तरकारी पनि कुहियाे” स्थानीय लक्ष्मी बयकले बताईन ।

हाटबजारमा बराहताल, पञ्चपुरी र चाैकुने का ब्यापारी हरु किनबेच गर्न अाउने गर्दथे । नगरपालिकाले काेराेना महामारी लाई मध्यनजर गर्दै बन्द गरिए पनि हाटबजार जस्तै अन्य भेला गाेष्टि भने बेला बेला हुने गरेका छन । दैनिक हाटबजारमा अाउने कृषक ब्यापारी बाट वडा नं ५ ले अान्तरिक कर उठाउदै अाएकाे छ । यता पञ्चपुरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माेहनबहादुर बुढाले हाटबजार संचालनका लागि अर्काे नगर कार्यापालिका काे बैठक कुर्नुपर्ने बताए । “कार्यापालिका बैठकमा छलफल गरि कसरी संचालन गर्ने भन्ने बिषयमा निष्कर्ष निकालिने छ” बुढाले भने । कृषि हाटबजार संचालन हुने ठाउ अहिले जताततै फाेहाेर र पशु चराउन र बाध्नका लागि प्रयाेग हुने गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...